जिरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेद्वार विजयी

  गाैरीशंकर टाइम्स सम्बाददाता  306 पटक हेरिएको

दोलखा । जिरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित भएको हो ।

प्रमुखमा जिरेल निकटतम प्रतिस्पर्धि नेपाली काङ्ग्रेसका लाक्पा शेर्पालाई २ सय ५७ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी जिरेलले २ हजार ९ सय ४९ मत प्राप्त गनुभएको छ भने पराजित शेर्पाले २ हजार ६ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा बुढाथोकी निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका तेज बहादुर तामाङलाई ३ सय १४ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी बुढाथोकीले ३ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको छ भने पराजित तामाङले ३ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले जिरीकाे सबै मत गणना गरि अन्तिम नतिजा घाेषणा गरिएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार