दोलखा । गौरीशंकर गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार विश्वास कार्की विजयी भएको छ ।कार्कीले कुल ४ हजार ७ सय ५१ मत ल्याएर विजय भएको हाे ।
यसैगरी, पालिकाको उपाध्यक्षमा गठबन्धन उम्मेदवार श्याम शुन्दर तामाङले ४ हजार ७ सय ४१ मत ल्याएर विजय भएको छ । पालिका अध्यक्षमा एमालेका उम्मेदवार जंग बहादुर गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी प्रतिस्पर्धी रहेको थियोे ।
अध्यक्षकाे उम्मेदवार गुरुङले ३ हजार ७ सय ५७ र उपाध्यक्ष शिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरेकोे पालिका निर्वाचन अधिकृत होम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।