दोलखा । गौरीशंकर गाउँपालिकामा गठबन्धनका विजयी उम्मेदवारलाई उपविजेता जंग बहादुर गुरुङले सफलताको शुभकामना दिनु भएकाे छ । पालिकामा गठबन्धनका विजयी उम्मेदवार अध्यक्ष विश्वास कार्की र उपाध्यक्ष श्यामसुन्दर तामाङलाई कार्य सफलताको शुभकामना दिनुहुँदै बधाई दिएको हाे । साथै पालिकाकाे निर्वाचित सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी, निर्वाचनको क्रममा अमुल्य मत दिनुहुने सम्पूर्ण मतदातालाई विशेष धन्यवाद दिए । निर्वाचनको क्रममा सहयोग गर्ने सम्पूर्णमा विषेश आभारी व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोगकाे आग्रह समेत गर्नु भयो ।
उहाँका अनुसार राजनीतिक पेशा नभई विशुद्ध समाज सेवा भएको हुदा आगामी दिनमा पनि सबैमा साथ सहयोग निरन्तर रहने समेत विस्वास्त पार्नु भयो । गुरुङले पालिकाकाे ९ वटै वडाको मतदाता एवं शुभेच्छुकलाई सुर्य चिन्हमा मतदान गरि अमुल्य सहयोग गरेकोमा सदैव सम्झिरहने बताए ।
उप-विजेता जंगबहादुर गुरुङले आम सर्वसाधारणमा गर्नुभएको अपिल:-
हार्दिक धन्यवाद !
आदरणीय गौरीशंकर गाउँपालिकाको टाेेल तथा वडाकमिटीका अध्यक्ष एवं पधादिकारी तथा सदस्य कमरेडहरु, पालिका कमिटीको सम्पूर्ण कमरेडहरु, जिल्ला कमिटीको अध्यक्ष लगायत पदाधिकारी साथै सदस्य कमरेडहरु, पालिका कमिटीको शिक्षक संगठनको अध्यक्ष तथा पधादिकारी साथै सदस्य कमरेडहरु, वडा ईन्चार्ज कमरेडहरु, अनेमा सघ र युवा संघको अध्यक्ष तथा पधादिकारी साथै सदस्य कमरेडहरुमा अहोरात्र खटी सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
गौरीशंकर बासी वडा नं १ देखि ९ सम्मका आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरुले सुर्यमा अमुल्य मतदान गरि सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको गौरीशंकर गाउपालिकामा मेरो अध्यक्षको उम्मेदवारीमा पार्टीको जित भएको छ । गठबन्धनसंग मतको कमिले पार्टीका गाउँपालिका वडा नम्बर ५ बाहेक सबै वडामा पराजित हुन पुगेकोमा क्षमा चाहन्छु । सुर्य चिन्हको पक्षमा मतदान गर्नुहुने आम जनसमुदायहरुमा निराश नहुनकाे लागि म सबैमा अनुरोध गर्दछु । निर्वाचनमा हारजित स्वभाविक नै हाे । खेल हारे पनि जन्म हारेको होईन ! पार्टी नेकपा एमाले सधै तपाईहरुको साथमा रहने छ । तपाईहरुसंग गरेको विकास निर्माणको प्रतिबद्धता दलको प्रतिपक्षमा रहेर पनि पुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।
अन्त्यमा फोन मार्फत सान्त्वना दिनु हुने पार्टी नेताहरु, मेरा मान्नेजनहरु, बुबा-आमा, दाजु-भाई, दिदी-बहिनीहरु, साथीभाई लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरु सबैमा धन्यवाद व्यक्त गर्दछु ।
जंगबहादुर गुरुङ
अध्यक्षका प्रत्यासी
नेकपा एमाले, गाैरीशंकर गाउँपालिका, सुरी, दाेलखा ।