दोलखाकाे स्थानीय तहमा निर्वाचनको मत गणना सम्पन्न गरि परिणाम सार्वजनिक

  गाैरीशंकर टाइम्स सम्बाददाता  267 पटक हेरिएको

दोलखा । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक गरेको छ । जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तहकाे अन्तिम मत परिणाम सार्वजनिक गरेको हाे ।

निर्वाचन आयाेेग दाेलखाले नगरपालिका तथा गाउँपालिकाकाे प्रमुख, उपप्रमुख लगायत वडा अध्यक्ष र सदस्यहरूको मत गणना सम्पन्न पश्चात् निर्वाचितहरुकाे विवरण सार्वजनिक गरेको छ ।

१) भीमेश्वर नगरपालिका
प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस)
उपप्रमुख : कमला बस्नेत (एमाले)

२) जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल (एमाले)
उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)

३) गाैरिशंकर गाउँपालिका
अध्यक्ष : विश्वास कार्की (माओवादी केन्द्र)
उपाध्यक्ष : श्यामसुन्दर तामाङ (कांग्रेस)

४) वैतेश्वर गाउँपालिका
अध्यक्ष: छवि लामा (कांग्रेस)
उपाध्यक्ष : कल्पना उप्रेती (कांग्रेस)

५) तामाकोसी गाउँपालिका
अध्यक्ष : प्राेणप्रताप केसी (एकीकृत समाजवादी)
उपाध्यक्ष : सिर्जना सुवेदी (कांग्रेस)

६) मेलुङ गाउँपालिका
अध्यक्ष : हिरा थाेकर (एमाले)
उपाध्यक्ष : गायत्री आचार्य (एमाले)

७) शैलुङ गाउँपालिका
अध्यक्ष : रिमालबाबू श्रेष्ठ (माओवादी केन्द्र)
उपाध्यक्ष : पार्वती कार्की (एमाले)

८) कालिञ्चाेक गाउँपालिका
अध्यक्ष : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस)
उपाध्यक्ष : कुल बहादुर बुढाथोकी (माओवादी केन्द्र)

९) विगु गाउँपालिका
अध्यक्ष : संजिव ओली (माओवादी केन्द्र)
उपाध्यक्ष : देविका थामी (एमाले)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार