आयल निगमले इन्धनको मुल्य फेरि बढाए, पेट्रोल प्रतिलिटर १ सय ८० रुपैया र ग्यास १ हजार ८ सय पुग्याे

  गाैरीशंकर टाइम्स सम्बाददाता  284 पटक हेरिएको

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर दुई सय रुपैयाँ बढाएर १ हजार ८ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेसंगै मुल्य समायोजन गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको हाे । निगमका अनुसार बढेको मूल्य आइबार राति १२ बजेदेखि लागू हुने गरि बढाएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार