दोलखा । गाैरीशंकर गाउँपालिकामा नयाँ जनप्रतिनिधिले पदबहाली समाल्नुभएकाे छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आगामी पाँच वर्षको लागि पदभार समाल्नु भएको हाे ।
पालिकामा अध्यक्ष विश्वास कार्की र उपाध्यक्ष श्यामसुन्दर तामाङ सहित ९ वटै वडा अध्यक्षहरुकाे सपथ ग्रहण पश्चात् पदभार ग्रहण गरेको हाे । पालिकाद्वारा बैशाख ९ गते नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सपथ ग्रहण कार्यक्रम आयाेजना गरि जिम्मेवार हस्तान्तरण गरेकोे प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, वडा नम्बर १ देखि ९ सम्म क्रमशः अध्यक्षमा प्रकाश बहादुर खड्का, राेहित बुढाथोकी, युगबहादुर बस्नेत, शिवहरी खत्री, सुन्दर खड्का, निमासाङ्गे शेर्पा, साेनाम शेर्पा, दावा रेन्जी शेर्पा र ङिमागेली शेर्पा निर्वाचित भएका हुन । सबै वडा अध्यक्ष लगायत सदस्यहरूले सपथ ग्रहण पश्चात् आ-आफ्नो वडामा गैई कार्यभार ग्रहण गरिसकेको छ ।