दाेलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले गणतन्त्र दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । प्रशासन एक सुचना जारी गर्दै दिवसको अवसरमा तीन दिनसम्म आफ्नो कार्यलय, घर, आगनमा दिपावली गरि गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हाे ।
दिवसको अवसरमा जेठ १४, १५ र १६ गते सबै सरकारी तथा गैरसरकारी, संघ संस्थाहरुले राष्ट्रिय झण्डा एवंम् व्यानर सजाई कार्यालय परिसर सफा गर्ने, सबै कार्यालय लगायत सार्वजनिक स्थलमा समेत दिप प्रज्वलन गरि दिवस मनाउन सुचनामा उल्लेख गरेको छ ।
नेपालमा जनआन्दोलन २०६२/०६३ पश्चात् २०६४ मा संविधानसभाको निर्वाचन सम्पन्न गरि २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसपछि २ सय ३८ वर्ष लामो शाह वंशकाे अन्त्य गरि गणतन्त्रको घोषणा भएको दिनलाई सम्झना गरी हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।