दाेलखामा ४०२ जना उम्मेदवारकाे जमानत जफत

  गाैरीशंकर टाइम्स सम्बाददाता  182 पटक हेरिएको

दाेलखा । स्थानीय तह निर्वाचन २०७९ मा ४०२ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । दाेलखाका दुई नगरपालिका र सात गाउँपालिका गरि ९ वटा स्थानीय तहको बिभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको जमानत जफत गरिएको हाे ।

निर्वाचन कार्यलयका अनुसार जिल्लामा जमानत जफत हुने उम्मेदवारहरुमा प्रमुख तथा अध्यक्षका ५३ जना, उपप्रमुख तथा उपाध्यक्षका १७ जना, वडा अध्यक्षका १६५ जना, सदस्यका ९८ जना, महिला सदस्यका ४२ जना र दलित महिला सदस्यका २७ जना रहेका छन् ।

त्यसैगरी, दुई नगरपालिका भिमेश्वरमा ५९ जना र जिरीमा २१ जना, सात गाउँपालिका अन्तर्गत गाैरीशंकरमा ५० जना, कालिञ्चोकमा २८ जना, तामाकोसीमा ४७ जना उम्मेदवारले जमानत गुमाएका छन् । यसैगरी मेलुङमा ५६ जना, विगुमा ४३ जना, बैतेश्वरमा ४२ जना र शैलुङमा ५६ जना उम्मेदवारको जमानत जफत गरिको हाे । सबैभन्दा बढी भीमेश्वरमा ५९ जना र सबैभन्दा कम जिरीमा २१ जनाको जमानत जफत भएको हो ।

जमानत जफत हुनेहरुमा अधिकांस साना दल र स्वतन्त्र उम्मेदवार रहेको छ । निर्वाचन आयोगले नगर प्रमुख र उपप्रमुख, पालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय र वडाअध्यक्षको लागि एक हजारका दरले जमानत शुल्क निर्धारण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार