दाेलखा । उच्च हिमाली क्षेत्रकाे राेल्वालिङ पर्यटन पदमार्ग सरसफाई अभियान सम्पन्न गरेको छ । स्टाेरिज अफ नेपालकाे आर्थिक सहयोगमा छ्याेतछ्याेतबाट राेल्वालिङ उपत्यकाको बेदिङ्ग हुदै च्छाेराेल्पा देखि दुधकुण्डसम्मकाे पदमार्ग सरसफाई गरेको हाे ।
दाेलखाकाे पर्यटन आकर्षण केन्द्र राेल्वालिङ उपत्यका, च्छाेराेल्पा हिमताल र दुधकुण्ड भ्रमणको लागि स्वदेशी तथा विदेशीहरु पर्यटनहरुकाे राेजाई पर्दछ । त्यसक्रममा पर्यटकहरू आवतजावत गर्दा पदमार्ग वरिपरि अव्यवस्थित बनेको फाेहाेरलाई संकलन गरि छ्याेतछ्याेत ल्याएर व्यवस्थापन गरिएको स्थानीय युवा मदन खड्काले बताए ।
सेतिदेवि गुम्बा वन संरक्षण उपसमुह रिकुकाे व्यवस्थापनमा छ्याेतछ्याेत, सिमिगाउँ, रिकु, सुर्मुच्छे, क्याल्चे, डाेगाङ्ग, संम्दार, ठाङ्गदिङ्ग, बेदिङ्ग, नाँ, च्छाेराेल्पा हुदै दुधकुण्डसम्म सरसफाई गरिएको थियो । साे अभियान गाैरीशंकर गाउँपालिका-९, रिकुका स्थानीय युवाहरुकाे सक्रियतामा सम्पन्न गरेको हाे ।
सरसफाईकाे क्रममा संकलन गरिएको कुहिने, नकुहिने र फलाम तथा सिसाजन्य फाेहाेरलाई वर्गीकरण गरि युवाहरूले नै बाेकेर ल्याई छ्याेतछ्याेतमा व्यवस्थापन गरेको थियोे । साे क्षेत्र पर्यटनको प्रमुख गन्तव्य गाैरीशंकर संरक्षण क्षेत्र आयोजनाकाे कार्यक्षेत्र भएतापनि फाेहाेरमैला व्यवस्थापनमा कुनै सहयोग नगरेको स्थानीय युवाहरूले बताए । GCAP ले पर्यटन प्रबेश र अन्य स्थानीय कर मात्र संकलन गरेको र वातावरण संरक्षणमा भने कुनै ध्यान नदिएको समेत गुनासो गरे । सरसफाई अभियानको फाेटाे फिचर