तारा एयरको जहाज चालक दलका सदस्य र यात्रुसहित सम्पर्क विहीन

  गाैरीशंकर टाइम्स सम्बाददाता  252 पटक हेरिएको

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोम उडेको 9 एन एईटी काे जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा चालकदलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पाेखरेल र एयर होस्टेज क्रिष्टी थापा रहेको थियोे । सो विमानमा चालक दलका सदस्य तीन सहित १९ जना यात्रु गरि २२ जना सवार रहेको पाेखरा विमानस्थल स्रोतले जाइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमान सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

त्यसैगरी, तारा एयरले आफ्नो विमान हराएको बारे प्रेस विज्ञप्ति नै जारी गरेर खाेजिकार्य भैइरहेकाे जनाएको छ । जहाज खाेजिकाे लागि सबै प्रविधि र जनशक्ति तयारी अवस्थामा रहेको हुदा माैसम अनुकुल हुनसाथ परिचालित गरिने समेत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार