जहाज दुर्घटना भएको पुष्टि गर्दै कम्पनीले जारी गरे विज्ञप्ति

दुर्घटनामा चालक दलका सदस्यसहित सबै यात्रुकाे निधन

  गाैरीशंकर टाइम्स सम्बाददाता  260 पटक हेरिएको

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भएको कम्पनीले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । जोमसोम उडेको 9 एन एईटीकाे जहाज मुस्ताङको थासाङ गाउँपालिका स्थित सानुसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे ।

उक्त विमानमा चालकदलका सदस्यहरु क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पाेखरेल, एयर होस्टेज क्रिष्टी थापा र १९ यात्रु गरि २२ जना सवार रहेको थियो । जहाजमा १३ जना नेपाली २ जना जर्मनी नागरिक र ४ जना भारतीय नागरिक यात्रु रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, जहाज आइतबार बिहान मुस्ताङको उच्च पहाडमा दुर्घटना भएको थियोे । साे दिन खराब माैसम भएको हुदा उद्वार टाेलीले दुर्घटना स्थल पत्ता लगाउन नसकि साेमबार पत्ता लगाएर क्षतविक्षत अवस्थामा रहेका मृतकहरुकाे शव संकलन गरि उद्वार गरेको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार