दाेलखा । गाैरीशंकर गाउँपालिकाले सामुदायिक विद्यालयमा हप्ताकाे दुई दिन विदा नदिने निर्णय गरेको छ । पालिकाले सार्वजनिक सुचना जारी गर्दै साविकको विदालाई नै कार्यन्वायन गर्ने गरि निर्णय गरेको हाे ।
त्यसैगरी, संघीय सरकारकाे मन्त्रीपरिषद् बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेकाे थियोे । साे निर्णय २०७९ जेठ १ गतेदेखि सबै सार्वजनिक कार्यलय तथा विद्यालयहरुमा लागू गरिसकेको छ ।
सवारीसाधनकाे चाप र इन्धनकाे खपत कम गर्न सरकारले यस्तो निर्णय गरेको हाे । पालिका क्षेत्रभित्र विद्यालय जानको लागि सवारीसाधन प्रयोग नहुने हुदा आइतबार विदा नदिएको शिक्षा अधिकृत सन्तोष पाैडेलले जानकारी दिनुभयो ।
नेपालमा याेे विदा अहिले परिक्षणकाे रुपमा रहेको छ । अन्य मुलुकमा भने शनिबार र आइतबार दुई दिन नै सार्वजनिक बिदा कार्यन्वायनमा रहेको छ ।