एमालेका उपविजेता गुरुङले मतदातालाई धन्यवाद दिदै घरदैलो अभियान सुरु

  गाैरीशंकर टाइम्स सम्बाददाता  478 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकाको अध्यक्ष उम्मेदवार जंग बहादुर गुरुङले मतदातालाई धन्यवाद दिदै घरदैलो अभियान सुरु गर्नु भएको छ । उहाँले निर्वाचनमा मत दिने मतदातालाई सान्त्वना र धन्यवाद दिनका लागि घरदैलो अभियान सुरु गर्नुभएको हाे ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पालिकाकाे अध्यक्ष पदमा पराजित भएका गुरुङ पुनः मतदातालाई धन्यवाद दिन जनताको घर आँगन पुगेका हुन । निर्वाचनमा पराजय भए पछि आफूलाई माया गरेर अमुल्य मत दिने जनताकाे घर-आगन पुगेको गुरुङले बताए ।

उनका अनुसार पालिका अध्यक्षमा निर्वाचित भएपनि, नभएपनि आफू सधै जनताको सेवामा रहिरहने प्रतिबद्धता जाहेर गरे । बुधबारदेखि पालिकाको ९ नम्बर वडा रिकुबाट सुरु गरेको मतदाता भेटघाट तथा घरदैलो अभियान १ नम्बर वडा जुँगु पुगेर सकिने बताए ।

साे अभियानमा पालिका निवर्तमान अध्यक्ष साेयम बहादुर खड्का, ९ नम्बर वडाको निवर्तमान वडा अध्यक्ष छिरीङ शेर्पा, ९ नम्बर वडाकै अध्यक्ष उम्मेदवार पदमबहादुर श्रेष्ठ लगाएतका टोली रहेकाे छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ९ वडा रहेको गौरीशंकरमा ५ नम्बर वडा मात्रै एमालेले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार