दाेलखा । गाैरीशंकरकाे टासीनाम आधारभूत विद्यालय भाैतिक संरचनाको अभावले पठनपाठनमा कठिनाई परेको छ । प्राथमिक विद्यालय आधारभूत तहमा स्तरउन्नति भएतापनि भाैतिक संरचनाको अभावले पठनपाठन गर्न कठिनाई परेकाे हाे ।
वि.स २०१६ सालमा स्थापित विद्यालय संघीयता पछि स्थानीय तहले टासीनाम प्रावि र बालुवाडाडा प्रावि दुई विद्यालय मर्ज गरि आधारभूत तहमा स्तरोन्नति गरेको थियोे । त्यसपछि विद्यालयको लागि जग्गा खरिद गरी तिनकाेठे दुईवटा नयाँ भवन निर्माण गरेर पठनपाठन सुरु गरेको थियो ।
यसरी, आधारभूत तहकाे कक्षा आठसम्म सञ्चालन गर्न कक्षा काेठादेखि भाैतिक संरचनाको अभाव भएको हाे । विद्यालयमा कक्षाकाेठाकाे अभावले एउटै काेठालाई बिचभागमा प्लाई तथा काठबाट काेठाबनाई कक्षा सञ्चालन गरिदै आएको छ ।
साे विद्यालयमा दैनिक कक्षा सञ्चालन गर्दा एउटाबाट अर्को कक्षालाई पूर्णरूपमा असर पर्नेहुदा शिक्षण सिकाई प्रभावकारी नभएको शिक्षक यमबहादुर श्रेष्ठले बताए । उनका अनुसार राज्यले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएतापनि गाैरीशंकरकाे टासीनाम गाउँमा भने लागू नभएको समेत बताए ।
विद्यालयका ३ काेठे दुईवटा भवनकाे बिच भागमा ढुंगाकाे गाह्रो भएतापनि माथिल्लो भाग फलामको ट्रस भएको हुदा खुल्ला नै रहेको छ । शिक्षाको मापदण्डअनुसार बाल शिक्षादेखि आठ कक्षासम्म पठनपाठन गर्न दस, प्रशासन दुई(बैठक हल समेत) र प्रयाेगात्मक शिक्षणकाे लागि एक गरि तेह्रवटा काेठ तथा हल हुनुपर्ने हाे ।
त्यसैगरी, साे विद्यालयमा ७८ जना विद्यार्थी र १३ जना शिक्षक तथा कर्मचारी रहेको छ । हाल कार्यरत शिक्षक तथा कर्मचारीहरुमा २ जना स्थायी, १ जना काज, २ जना करार, १ जना राहत, २ जना नीजिस्राेत (वडा र पालिका), १ जना प्रदेश अनुदान, २ जना बालबिकास सहयोगी कार्यकर्ता गरि ११ जना शिक्षक र २ जना कार्यलय सहयोगी गरि १३ जना कर्मचारी रहेको छ ।
गाैरीशंकर गाउँपालिकाकाे ९ नम्बर वडामा अबस्थित टासीनाम आधारभूत विद्यालयकाे भाैतिक संरचनाप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिएनभने राज्यको लगानी त्यसै खेर जाने निश्चित रहेको छ ।