दाेलखा । जिल्ला निर्वाचन कार्यलय दाेलखाले पुनः मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्न लागेको छ । कार्यलयले सुचना जारी गर्दै असार १ गतेदेखि मतदाता नामावली दर्ता सुरु गर्न लागेको हो ।
आयाेगले स्थानीय तह निर्वाचन, २०७९ काे मिति घाेषणा भए पश्चात् माघ २५ गतेदेखि सबै नयाँ नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगित गरेको थियो । साे अद्यावधिक कार्यक्रम प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्येनजर गरि पुन: सञ्चालन गरिन लागेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
दाेलखाकाे जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय सिंगटीमा सम्पर्क गरि नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने निर्वाचन आयाेग दाेलखाले जनाएको छ । त्यस्तैगरि, अस्थाई बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता र अद्यावधिक गर्न सकिने समेत आयाेगले जानकारी दिएको छ ।