समन्वय समितिकाे प्रमुखमा घतानी र उपप्रमुखमा शेर्पा विजयी

  गाैरीशंकर टाइम्स सम्बाददाता  207 पटक हेरिएको

दाेलखा । जिल्ला समन्वय समिति दाेलखाकाे प्रमुखमा बर्जुराम(कृष्ण) घतानी बिजयी भएको छ । सत्तारूढ दलका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी(कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।

त्यसैगरी, बुधबार सम्पन्न भएको निर्वाचनमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११/११ मत प्राप्त गरि बिजय भएको हाे । कुल १८ मत रहेको निर्वाचनमा उनीहरुका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रमुखका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७/७ मत प्राप्त गरेका थिए ।

समितिको ७ सदस्यमा पनि सत्तारुढ गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । विजयी हुने सदस्यहरुमा नेपाली कांग्रेसका अनिल तामाङ, टासी शेर्पा, मेनुका चाैलागाई, कृष्ण श्रेष्ठ, सन्तेंजु शेर्पा कल्पना थामी र निलम ठकुरी रहेका छन् ।

हालका पदाधिकारी तथा सदस्यको कार्यकाल सकिएसँगै जिसस प्रमुख, उपप्रमुख र सदस्यहरुकाे निर्वाचन भएको हो । निर्वाचनमा ९ पदका लागि १९ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार