काठमाडौं । पत्रकार रवि लामिछानेले घोषणा गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले राजनीतिक दाग लाग्ने भन्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।
आयोगमा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा स्वतन्त्र शब्दले उम्मेदवारमा भ्रम र अन्यौल उत्पन्न हुने हुदा राजनीतिक दलको दर्तामा स्वतन्त्र शब्द उल्लेख गर्न नहुने दाबी गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।