गौरीशंकर गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

गाउँसभाबाट ५६ करोड ९८ लाख ३७ हजार बजेट विनियोजन

  गाैरीशंकर टाइम्स सम्बाददाता  510 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गरेको छ । शुक्रबार भएको दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष श्याम सुन्दर तामाङले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा वजेट सार्वजनिक गरेका हुन् ।

पालिकाले आगामी आर्थिक वर्षको लागि कुल ५६ करोड ९८ लाख ३७ हजार बराबरको वजेट प्रस्तुत गरेको छ । पालिकाले आयतर्फ संघबाट वित्तिय अनुदानमा १२ करोड २ लाख रुपैयाँ, राजस्व बाँडफाँड १० करोड २३ लाख ६३ हजार, प्रदेशबाट वित्तिय अनुदानमा १ करोड १३ लाख ५० हजार, सवारी साधनको राजस्व बाँडफाँडमा २ करोड ४४ लाख ६८ हजार रुपैयाँ, आन्तरिक आम्दानीबाट ३० लाख र अघिल्लो सरकारबाट आएको १ करोड रहेको छ । बजेटमा सर्शत अनुदान तर्फ संघबाट २२ करोड ९६ लाख, विशेष अनुदान २ करोड, समपुरक अनुदान ७० लाख र प्रदेशबाट समपुरक अनुदान २ करोड र सर्शत अनुदान २ करोड १८ लाख ५६ हजार रहेको छ ।

त्यसैगरी, व्ययतर्फ संघबाट सर्शत अनुदान २२ करोड ९६ लाख, विशेष अनुदान २ करोड र समुपरक अनुदान ७० लाख रुपैयाँ र प्रदेशबाट सर्शत अनुदान २ करोड १८ लाख ५५ हजार, समपुरक अनुदान २ करोड रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार