काठमाडौं । नेपाल आयल निगमले इन्धन किन्ने पैसा नभएपछि आफ्नै केन्द्रिय कार्यालय र जमिन धितो राखेर ऋण लिने भएको छ । निगमले आफ्नो स्वामित्वमा रहेको २९ रोपनी जग्गा र केन्द्रिय कार्यालय धितोमा राखेर ३ अर्ब ऋण लिन लागेको हो ।
ऋणको अर्थमन्त्रालय जमानी बसेपछि निगमले ऋण पाउने छ । स्रोतका अनुसार सरकारको लगानी रहेको राष्ट्रिय वाणिाज्य बैंक निगमलाई ऋण राजी भएको छ । अर्थमन्त्री जनार्दन शर्मा, वाणिज्य मन्त्री दिलेन्द्र वडु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ड। विश्व पौडेल, निगमका कार्यकारी निर्देशक उमेश थानीको संयुक्त पहलमा निगमको अचल सम्पति जग्गा धितो राखेर ऋण लिन लागिएको हो ।
निगमले महंगोमा पेट्रोलियम पदार्थ किनेर महंगोमा नै विक्री गरि रहदा राजनीति करणले आर्थिक समस्यामा जान थालेको हो । सर्वसाधारणबाट मूल्य वृद्धिको चर्को विरोध भएका बेला सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँ र पछिल्लो समय पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाउने भनेर घोषणा नै गरेको थियो । तर अर्थ मन्त्रालाय पूर्णरूपमा कर घटाउन सहमत नहुँदा निगमले आफ्नै सम्पत्ति राखेर ऋण लिने निर्णयमा पुगेको हो । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मुल्य दिनहु बढ्दै गएको हुदा खरिदका लागि आर्थिक संकट परेको निगमका स्रोतले बताएको छ ।