स्वतन्त्र पार्टीले पायो राष्ट्रिय राजनीतिक दलको मान्यता

  गाैरीशंकर टाइम्स सम्बाददाता  262 पटक हेरिएको

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक राजनीतिक दलको मान्यता पाएको छ । स्वतन्त्रलाई राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४ र ५ बमोजिम आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

रवि लामिछानेले पत्रकारिता छाडेर राजनीतिक दलमा आबद्ध हुन राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको थियोे । लामिछानेले घोषणा गरेको स्वतन्त्र पार्टी नामक दल दर्ता नगर्न आयोगमा उजुरी परेको थियोे । स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरेका थिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दललाई निर्वाचन आयोगले शुक्रबार दल दर्ताको प्रमाणपत्र र गोलाकार भित्रको घण्टी निर्वाचन चिन्ह दिएको छ । सो दलमा लामिछाने आफै सभापति र डा. मुकुल ढकाल पार्टी प्रवक्ता सहित उन्नाइस जना केन्द्रीय सदस्य रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजनीतिक दल दर्ता सम्बन्धि आएको उजुरी र निवेदन माथि छलफल गरि कानुन बमोजिम आधिकारिक दर्ता गरि प्रमाणपत्र दिएको निर्वाचन आयोगका सचिव गोकर्णमनि दुवाडीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार