भीमेश्वरको बोच घुम्तीमा बस दुर्घटना

  गाैरीशंकर टाइम्स सम्बाददाता  361 पटक हेरिएको

दोलखा । काठमाडौबाट चरिकोट आउदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । भीमेश्वर नगरपालिकाको बोच घुम्तीमा दुईवटा बस एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।

काठमाण्डौबाट क्षेत्रपा उखुबारी आउदै गरेको बा ३ ख ७४६३ नम्बरको बस र सदरमुकाम चरिकोटबाट काठमाण्डौ जादै गरेको प्रदेश-३-०१-००५ ख ९६९७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियोे । दुर्घटनामा दुई दर्जन भन्दा बढि यात्रुहरू घाईते भएका छन् । घाईतेहरुको सदरमुकाम चरिकोटका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार