काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ, डिजेल तथा मट्टीतेलमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँले बढाएको हो।
निगमद्वारा जारी विज्ञप्ति अनुसार काठमाडौ उपत्यकामा अब नयाँ मूल्य पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ । हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने १ हजार ८ सय रूपैयाँ यथावत नै रहेको छ ।
त्यसैगरी, निगमले असार ११ गते मात्र मुल्य समायोजन गरेको थियोे । सरकारी राजस्व कटौती गरी पेट्रोलमा २० रूपैयाँ, डिजेल र मट्टीतेलमा २९ रूपैयाँ घटाएको थियो । निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको बताए ।