रामेछाप । सुनपाती गाउँपालिकाको बेथानबाट काठमाडौ जादै गरेको यात्रुबाहक वस दुर्घटनामा परेको छ । अरनिको बा. ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस मंगलबार विहान खाँडादेवि गाउँपालिकाको लुभुघाटमा दुर्घटना भएको हो ।
बस दुर्घटनामा परी ९ जनाको घट्ना स्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएको छ । सो दुर्घटनामा पाँच पुरुष र चार महिला मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिनुभयो । घाइतेहरुको सदरमुकाम मन्थली स्थित विभिन्न अस्पतालहरुमा उपचार भैइरहेको समेत बताउनुभयो ।