माथिल्लो तामाकोसीले पुजी वृद्धि गर्न १.५ को अनुपातमा हकप्रद सेयर निकाल्ने

  गाैरीशंकर टाइम्स सम्बाददाता  223 पटक हेरिएको

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । स्वदेशी लगानीमा निर्माण गरिएका आयोजनाले आफ्ना साधारण सेयरधनीलाई १ कित्ता बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीका हालको चुक्ता पुँजी ११ अर्ब रुपैयाँबाट बढाएर ३० अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कहिलेदेखि निष्काशन गर्ने टुंगो नभए पनि प्रक्रिया अगाडि बढाइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

त्यसैगरी, हकप्रद जारी गर्नका लागि सञ्चालक समितिले निर्णय गरिसकेको छ । कम्पनीको साधारण सभाबाट एजेण्डा पारित गरि हकप्रद निष्काशनको लागि मिति तय गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार