सरकारद्धारा सात मुलुकका लागि राजदुत नियुक्त

  गाैरीशंकर टाइम्स सम्बाददाता  204 पटक हेरिएको

काठमाडौ । सरकारले लामो समयपछि विदेशस्थित विभिन्न मुलुकहरुका लागि राजदुत नियुक्ती गरेको छ । सरकारले सिफारिस गरेका नवनियुक्त राजदुतलाई राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

राष्ट्रपति कार्यलय शीतलनिवासमा शुक्रवार आयोजित सपथ ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । नवनियुक्त राजदुतहरुले शपथ ग्रहण पश्चात आफ्नो जिम्मेवारी लिइसक्नु भएकोछ ।

त्यसैगरी, सरकारले तिर्थराज वाग्ले बहराइन, डोरनाथ अर्याल ओमान, नवराज सुवेदी साउदी अरेविया, वासुदेव मिश्र श्रीलंका, सुशिलकुमार लम्साल इजिप्ट र घनश्याम भण्डारी बंगलादेशका लागि राजदुतमा नियुक्त गरेको छ । अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ कार्यलय र भियतनामका लागि नेपालको स्थायी प्रतिनिधिमा भरतकुमार रेग्मीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यलय स्रोलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार