श्रावन १, २०७९, काठमाडौ । आज साउन १ गते अर्थत साउने संक्रान्ति धुमधामका साथ मनाउने गरिन्छ । देशभर विहानै स्नान, पुजापाठ, दान, दक्षिणा गरि आफन्तका साथ जम्मा भैई रमाइलो गरेर मनाउने पराम्परा रहेको छ ।
अधिकांश नेपालीहरु असार महिनाभरिनै कृषि कार्यमा ब्यास्त हुने गरिन्छ । त्यसक्रममा हिलोमैलाले छालासम्बन्धी रोग नलाग्न र ठिक पार्न लुतो फाल्ने पराम्परा रहेको छ । सामाजिक पराम्पराअनुसार भलायो, कुकुरडाइनो, पानीअमला, कागती, अम्बा, नस्पाती लगायतका जडिबुटीहरु औषधीका रुपमा प्रयोग गरिन्छ । घर तथा समाजमा कुनै रोगव्याधी नलागोस भनेर राक्षसको पुजा गरी आगोको अगुल्टो समेत फालिन्छ ।
त्यसैगरी, साउन महिनालाइ विषेशगरी धार्मिक महिनाकाे रूपमा लिइन्छ । पराम्परा अनुसार लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने लगायतका गतिविधि गर्ने पनि नेपाली चलन रहेको छ । साउन महिनालाई विषेशगरी भगवान शिवको पुजा गरेर मनाइन्छ । यस महिनाभर महिलाहरुले नुहाइधुवाइ गरि हरियाे चुरा, मेन्दी लगाएर ब्रत बसी शिवकाे पुजापाठ गर्ने गरिन्छ । पुजापाठकाे लागि साेमबार देशभरको शिवालयहरु तथा पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।