अप्परकाे हकप्रद सेयर १ बराबर १ का लागि प्रस्ताव पारित

अप्पर तामाकाेसीले रोल्वालिङ हाइड्रो २२ मेघावट निमार्णको लागि हकप्रद शेयर जारी गरिन लागेको हाे ।

  गाैरीशंकर टाइम्स सम्बाददाता  494 पटक हेरिएको

साउन ६, २०७९, काठमाडौ । अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि प्रस्ताव पारित गरेको छ । अप्परको गत असार ३० गते बसेको सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजी १ बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, सञ्चालक समितिको प्रस्ताव अनुसार विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जबाट स्विकृत पाइसकेको छ । कम्पनीले सिडिएस एण्ड क्लियरिङ र शेयर रजिष्ट्रार कार्यलय सनराइज क्यापिटलबाट समेत स्विकृत लिई हकप्रद निष्काशनका लागि तयारी गरेको प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीको आगामी १४औ साधारण सभामा प्रस्ताव पेश गरी हकप्रद निष्काशनको लागि मिति तय गरिने समेत श्रेष्ठले बताए ।

यसअघि कम्पनीले साधारण शेयरधनीलाई १ कित्ता बराबर १.५ को अनुपातमा निष्कासन गर्ने तयारी गरेता पनि सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिएको हो । कम्पनीले हकप्रद शेयर निष्काशन पश्चात चुत्ता पुँजी ११ अर्बबाट वृद्धि गरी ३० अर्ब पुर्याउने उद्देश्य राखेको छ ।

अप्परले आफ्नै स्वामित्वमा २२ मेघावटको रोल्वालिङ हाइड्रो निमार्णको तयारी गरेको छ । कम्पनीले रोल्वालिङ हाइड्राेबाट भने कुनै शेयर जारी नगरी हकप्रद शेयरबाट संकलित रकम नै लगानी गर्ने बुझिएकाे छ । साे २२ मेघावटकाे हाइड्राेमा अप्परकाे ३० प्रतिशत लगानी र बैंक तथा वित्तिय संघसंस्थाकाे ७० प्रतिशत ऋण लगानी रहने कम्पनीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार