नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

  गाैरीशंकर टाइम्स सम्बाददाता  679 पटक हेरिएको

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक लामो समयपछि रस्साकस्सीकाे विवाद बावजुत प्रतिनिधिसभाबाट पारित गरिएको छ । शुक्रबार दिनभर विधेयकमाथि छलफल गरि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरिएको हो ।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी रहेका थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहेकाे थियो ।

शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए । गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले साे विषयलाई सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए ।

उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए । प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर मात्र कार्यन्वायन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार