दाेलखा । गौरीशंकर गाउँपालिकाले भोर्लेमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सर्वसाधारण नागरिकलाई सहज तरिकाले सेवा प्रवाहको लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
यस सेवा केन्द्रमा पशु तथा कृषि र अन्य आकस्मिक सेवाहरु सहज तरिकाले प्रदान गरिनेछ । एउटा निवेदन दिन र सामान्य सिफारिस लिनलाई ३, ४ घण्टा हिडेर पालिका धाउनुुपर्ने बाध्यता हटाउनको लागि भाेर्लेमा सेवा केन्द्र स्थापना गरिएको अध्यक्ष विश्वास कार्कीले बताउनुुभयो । उहाँले साउन १५ गते आइतबार भाेर्लेमा सेवाकेन्द्र उद्घाटन गर्नुहुदै हप्ताको दुईदिन आइतबार र साेमबार नागरिकलाई सेवा प्रदान गरिने समेत जानकारी दिनुभयो ।
पालिकाकाे केन्द्र अपायक भएको भन्दै लामो समयदेखि आएको जनगुनासाेलाई सम्बाेधन गर्न सेवाकेन्द्र सञ्चालनमा ल्याएको उपाध्यक्ष श्यामसुन्दर तामाङले बताउनुुभयो । यसअघि गुुरुम्फीमा पालिकाको कार्यालय हुँदा नागरिकले सहज तरिकाले सेवा लिन पाएका थिए । पालिकाको स्थायी कार्यालय सुरीकाे कुइकेवडाँडामा सारेपछि वडा नं. १, २, ६, ७, ८ र ९ का नागरिकलाई असहज भएकाे थियोे ।
त्यसैगरी, साे स्थान एकान्त भएको हुदा कर्मचारी र सेवाग्राहीलाई यातायात, भाैतिकपुर्वधार, खानाखाजा तथा आवसकाे समेत समस्या रहेको थियोे ।