कांग्रेसको शान्ति सुरक्षा तथा प्रशासन विभाग प्रमुखमा श्याम तिम्सिना नियुक्त

  गाैरीशंकर टाइम्स सम्बाददाता  322 पटक हेरिएको


काठमाडौं । नेपाली कांग्रेसको शान्ति सुरक्षा तथा प्रशासन विभागको संयोजकमा श्याम तिम्सिनालाई नियुक्त गरेको छ । काठमाडौ क्षेत्र नम्बर ४ को कार्य सम्पादन तथा मुल्याङ्कन समितिको बैठकले आमन्त्रित सदस्य श्याम तिम्सिनालाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।

गत असार २१ गते बसेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का कार्यसमितिको बैठकमा स्थानीय तहको निर्वाचन बारे समिक्षा र पार्टीको भावि योजना बारेमा वृहत छलफल भएको थियो । सो बैठकले रिक्त रहेको विभिन्न विभागहरुमा पदपूर्ति समेत गरिएको क्षेत्रिय सभापति श्यामकृष्ण संगतले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाली कांग्रेस पार्टी विधानको परिच्छेद १०, धारा ३७ बमोजिम कार्यसमितिको शान्ति, सुरक्षा तथा प्रशासन विभागको संयोजकमा तिम्सिनालाई नियुक्त गरिएको समेत क्षेत्रिय सभापति संगतले जानकारी दिए । बैठकमा क्षेत्रिय कमिटीले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरि एक महिने संगठन पुर्नजागरण कार्यक्रम पनि गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार