सरकारले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ मा गर्ने

  गाैरीशंकर टाइम्स सम्बाददाता  637 पटक हेरिएको

काठमाडौं । सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ मंसिर ४ गते आइतबार एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले सरकारलाई यसअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिका सहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार