भदौ ३, २०७९, काठमाडौ । दाेलखाकाे रोल्वालिङ निवासी निमा ग्याल्जेन शेर्पाले विश्वका सबैभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गर्ने जिल्लाकै पहिलो आरोही हुनुभएको छ । पाकिस्तानस्थित आठ हजार मिटरका सबै हिमाल आरोहण गरि नयाँ विश्व किर्तिमान कायम गर्नु भएको हाे ।
यसअघि उहाँले गिनिज बुकमा २ पटक नाम लेखाई सक्नु भएको छ । शेर्पाले हिमालमा रेस्क्यु गरी धेरैको ज्यान जोगाउने कुशल आरोही पनि हुनुहुन्छ । साथै, उहाँ नेपाल भ्रमण वर्ष २०११ को सद्भावनादूत समेत हुनुहुन्थ्यो ।
आराेही शेर्पाले हालसम्म सगरमाथा ९ पटक, मनास्लु हिमाल ७ पटक, ल्होत्से र मकालु ३–३ पटक, चोयु र अन्नपूर्ण २–२ पटक र बाँकी के२, कंचनजंघा, धौलागिरी, नांगा पर्वत, जि१, जि२, ब्रोड पिक, सिसापाङ्मा हिमालहरु १–१ पटक आरोहण गर्नुभएको छ । साथै दोलखा स्थित लिंकुचुली हिमाल(६६५९ मि) २ पटक आरोहण गर्ने प्रथम आरोही पनि हुनुहुन्छ ।
साथै, उहाँलाई भदौ ३ गते शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्यताका साथ स्वागत गरेकोछ । उनको स्वागतका लागि विभिन्न संघसंस्था, आफन्तजन एवं शुभेच्छुकहरु विमानस्थल पुगेका थिए ।