नेपाल खेलकुद महासंघले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक

नेकाेस निर्वाचनमा केन्द्रित हुदै आगामी फागुन ७ देखि ९ सम्म दोश्रो राष्ट्रिय महाधिवेसन गर्ने ।

  गाैरीशंकर टाइम्स सम्बाददाता  220 पटक हेरिएको

भदौ ६, २०७९, काठमाडौ । नेकपा एमालेका भातृसंगठन नेपाल खेलकुद महासंघ(नेकाेस)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलनबाट प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको हाे ।

सम्मेलनमा साउन २९ गते सम्पन्न भएको नेपाल खेलकुद महासंघको प्रथम विस्तारित बैठकले दोश्रो राष्ट्रिय महाधिवेसन आगामी फागुन ७, ८ र ९ गते विराटनगरमा गर्ने निर्णय गरिएको छ । महासंघले ४५ सदस्यीय स्थायी कमिटी,९९ सदस्यीय सचिवालय र २१६ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता तिर्थबहादुर खड्काले बताए ।

सो बैठकले अधिवेसन हुन् बाँकी रहेका जिल्लाहरुले भाद्र मसान्त भित्र अधिवेसन सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता खड्काले जानकारी दिएका छन् । त्यस्तै सो बैठकले ९११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्दै दुई जिल्लालाई एक इन्चार्ज समेत तोकेको छ ।

महासंघको सो बैठकले सम्पूर्ण कमिटीहरुलाई निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन् निर्देशन दिदै पार्टीको चुनावी घोषणा पत्रमा खेल नीति र कार्यक्रमका समावेश गराउन सुझाव कमिटी समेत गठन गरेको छ । ओमकृष्ण प्रसाईको संयोजकत्वमा चेतनराज गिरी,तिरण गौतम ,नन्दा बस्याल  र शान्तामाया परियार गरि पाँच सदस्यीय रहेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत(परशुराम) ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गरेको उक्त बैठकले सात प्रदेश कमिटी र खेल संघहरुलाई वार्षिक एउटा प्रतियोगिता र गतिविधि संचालनको तयारी गर्ने समेत निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार