नेकाेसले चुनावी घाेषणापत्रमा खेलकुदकाे बिषय समाबेश गर्न सुझाव पेश

  गाैरीशंकर टाइम्स सम्बाददाता  198 पटक हेरिएको

भदौ १५, २०७९, काठमाडौ । नेकपा एमालेका भातृसंगठन नेपाल खेलकुद महासंघ(नेकाेस)ले चुनावी घाेषणापत्रकाे सुझावबारे अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय बानेश्वरमा पत्रकार सम्मेलन गरि खेल क्षेत्रकाे विषय चुनावी घाेषणापत्रमा समेट्न अन्तक्रिर्या गरिएको हाे ।

मंगलबार आयाेजित कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य तथा सह ईन्चार्ज रमेश पाैडेलकाे प्रमुख अतिथ्य र प्रचार प्रसार बिभाग प्रमुख तथा प्रबक्ता तिर्थ बहादुर खड्काकाे विशेष अतिथ्यमा सम्पन्न भएको हाे । साे कार्यक्रममा स्थाई कमिटी सदस्यहरु चेतन गिरी, थलु राजभण्डारी लगायतकाे उपस्थित रहेको थियोे ।

आगामी मंसिर ४ गतेका लागि तयभएकाे प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जारी गर्ने घाेषणापत्रमा खेल क्षेत्रलाई सम्बाेधन गर्न नेकाेसले सुझाव संकलन गरिएकाे छ । ओमकृष्ण प्रसाईंको संयाेजकत्वमा गठित सुझाव संकलन समितिले विभिन्न खेल क्षेत्रकाे बारे २५ बुदाँमा सुझाव संकलन गरिएको प्रचारप्रसार विभाग प्रमुख एवं प्रवक्ता खड्काले बताए ।

नेपाल खेलकुद महासंघ(नेकाेस)ले खेल क्षेत्रमा सन् २०३० सम्मकाे लक्ष्य राखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक, खेलाडी तथा खेल प्राविधिकलाई नि:शुल्क स्वस्थ्य तथा जीवन विमा, अन्तर्राष्ट्रिय मान्यताप्राप्त परिचयपत्र, सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशालासंगै आवासगृह, प्रत्येक पालिका तथा वडामा खेलमैदान लगायतकाे विषय समेट्न माग गरिएको छ । सुझाव संकलनमा महिला खेलाडीलाई आत्मरक्षाका लागि छुट्टै प्रविधि तथा तालिमको व्यवस्था गरिनुपर्ने, जीवन निर्वाहका लागि आयस्रोतकाे व्यवस्थापन गर्नुपर्ने, विद्यालयमा प्रशिक्षक नियुक्त गरि खेलकुद विषयको पढाइ आधारभूत तहदेखि नै गरिनुपर्ने सुझाव संकलनमा प्रस्ताव गरिएको छ ।

नेपाली संस्कृति तथा माैलिकता झल्कने खेलहरु घाेडाचडी, गाेरु जुधाँई, भाले जुधाँई, भेडा जुधाँई र पर्यटन प्रबर्द्धनका लागि उच्च भाैगाेलिक क्षेत्रमा खेलिने हाई अल्टिच्युड स्पाेर्टस, जंगल सफारी खेललाई प्रबर्द्धन गर्न आवश्यकता रहेको सुझाव संकलन संयाेजक ओमकृष्ण प्रसाईंले बताउनुभयो । उनले प्रविधिको विकाससँगै खेल क्षेत्रमा पनि डाटाबेस बनाई वेभसाईटकाे पेजमा राखिनुपर्ने बताए ।

नेकाेसले राखेको सुझावलाई पार्टीले अध्यायन गरि आगामी निर्वाचनको घाेषणापत्रमा समावेश गरिने प्रमुख अतिथि एवं केन्द्रीय सदस्य रमेश पाैडेलले बताउनुभयो । उनका अनुसार खेलकुुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने हुदा पार्टीले पहिलो प्राथमिकतामा राखिने बताए । त्यसअनुसार एमालेले खेलकुद विकासका लागि सदैब सहयोग र सद्भाव गरिने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार