बालेनकाे निर्देशनमा हटाइयाे वल्ड ट्रेडकाे डिजिटल हाेर्डिङ बाेर्ड

  गाैरीशंकर टाइम्स सम्बाददाता  246 पटक हेरिएको


काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । वर्ल्ड ट्रेड सेन्टरले अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको थाहा पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको हाे ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार अनुमति र मापदण्ड विपरीत बनाएकाे हुदा डिस्प्ले बाेर्ड हटाउने निर्णय गरिएको जानकारी दिए । उक्त डिस्प्ले बाेर्ड एसटीआर एडभर्टिजमेन्टले त्रिपुरेश्वमा ३५×५० फिटको साइजमा जडान गरेको थियो । कम्पनीले बाहिरबाटै सामग्री आयात गरी यसको जडान गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौंको त्रिपुरेश्वर, दरबारमार्ग, कलंकी, थापाथली, नयाँ बानेश्वर, गाैशला लगायतका क्षेत्रमा ठूला एलईडी स्क्रिन राखिएको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड पनि हटाउन थालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार