महानगरको अल्टिमेटमले खुम्चिएकाे फनपार्क २४ घण्टा नबित्दै बुझाए कर

  गाैरीशंकर टाइम्स सम्बाददाता  159 पटक हेरिएको


काठमाडौं । काठमाडौ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ।भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बिहीबार बुझाएको हाे ।

महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो। फनपार्कलाई २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो । अन्य कर भने सम्बन्धित वडामा बुझाउनु पर्ने भएको हुदा ताकेता मात्र गरिएको छ ।

पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार