दाेलखा । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेद्ववारहरुको नाम सिफारिस गरेको छ । एमालेले संघतर्फ १६ जना र प्रदेशतर्फ ३२ गरि ४८ जनाको नाम सिफारिस गरेको हो ।
सदरमुकाम चरिकोटमा आइतबारदेखि सुरुभएकाे पार्टीको छैटौं बैठकले प्रदेश र संघकाे निर्वाचनमा भाग लिने उम्मेदवार सिफारिस गरि साेमवार सम्पन्न भएको थियोे । जिल्ला कमिटीको दुईदिनसम्म चलेको बैठकले संघीय निर्वाचन क्षेत्र तर्फ १६ जनाको नाम सिफारिस गरेको छ । जसमा पाेलिटब्युराे सदस्य एवं बहालवाला सांसद पार्वत गुरुङ, आनन्दप्रसाद पाेखरेल, रचना खड्का, सरस्वती बस्नेत, शान्ति पाख्रिन, इश्वरचन्द्र पाेखरेल, श्याम बस्नेत र भरतप्रसाद दुलाल रहेका छन् । गुरुङ २०७४ काे निर्वाचनमा कुल सदर मतमध्ये ५५ हजार ९ सय ५४ मत पाएर बिजय भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा गुरुङले देशकै सबैभन्दा फराकिलो ३० हजार १ सय ५३ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका हुन् ।
त्यसैगरी, प्रदेशसभा तर्फ ३२ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेशसभा (क) को प्रत्यक्षतर्फ जीवशराज खड्का, टंकबहादुर जिरेल, नरबहादुर श्रेष्ठ र विदुर शर्मा रहेको छ । प्रदेशकाे समानुपातिकतर्फ अम्बिका गाेले, उर्मिला सुनुवार, डिल्लीध्वज बराइली, नवीन तामाङ, रमेश सुनुवार, रामबहादुर श्रेष्ठ, मिङ्मा शेर्पा, लक्षमण गुभाजु, शान्ति कुमारी तामाङ, सुन्दर कार्की र हरिबहादुर जिरेल सिफारिसको सुचीमा परेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (ख) को प्रत्यक्षतर्फ कैलाश कुमार श्रेष्ठ, डबल पाण्डे, बालकृष्ण शिवाकोटी, भरतबहादुर केसी र लालकुमार केसी रहेको छ । समानुपातिकतर्फ कालिका पाठक, कृष्णकुमारी थामी, कृष्णबहादुर श्रेष्ठ, चिरञ्जीवी मास्के, जानुका न्याैपाने, टेकबहादुर घतानी, ठुला थामी, थिरबहादुर माेक्तान, दिनेश खड्का, पार्वती खड्का, मेनुका सुवेदी र राधिका वली रहेको जिल्ला पार्टी सचिव हिराबहादुर थाेकरले जानकारी दिए । उक्त बैठकले सिफारिस गरेको नामावली प्रदेश र केन्द्रमा पठाउने समेत निर्णय गरेको बताए ।