माओवादी केन्द्र दाेलखाले बैठक सम्पन्न गर्दै उम्मेदवारकाे नाम सिफारिस: काेकाे परेत सिफारिसमा नामावली सहित

  गाैरीशंकर टाइम्स सम्बाददाता  171 पटक हेरिएको

चरिकोट । नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस टुंग्याएको छ । जिल्ला समन्वय कमिटीको सामेवार बसेको बैठकले जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा प्रतितिधि र प्रदेशसभामा भाग लिने उम्मेदवारको नाम सिफारिस गरेको हाे ।

माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । जसमा पोलिट व्युरो सदस्य देवी खड्का, गंगा कार्की विश्व, विशाल खड्का,  शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठ रहेकाे छ । विशाल खड्का हाल बागमती प्रदेशसभा निर्वाचन (क)का बहालवाला सांसद एवं वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् ।

त्यसैगरी, बैठकले संघको समानुपातिक तर्फ छिरिङ शेर्पा, नरबहादुर पाख्रिन, सोम बहादुर तामाङ, टेक बहादुर थामी र मेख बहादुर खातीको नाम सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागि माओवादी केन्द्र क्षेत्रीय समन्वय कमिटीका संयोजक पुष्कर अधिकारीले जानकारी दिए ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष तर्फ आङ्गडेन्डी शेर्पा, बिमर्शराज कार्की प्रभात, बासुदेब पोखरेल आकास, भिम बहादुर श्रेष्ठ अबिरल, बलराम थापा, नविन जिरेल प्रतिक र हिमाली गोलेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै समानुपातिक तर्फ भगवती प्रधान, रिता रिमाल, किशोर कुमार दहाल, कृष्ण बहादुर कार्की, लालकाजी तामाङ्ग, प्रेम थोकर, टंक खाती उद्धव, तेज बहादुर तमाङ्ग, भिमबहादुर श्रेष्ठ, लालकाजी तामाङ र टंकबहादुर खाती सिफारिस भएका छन् ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ, नरबहादुर पाख्रिन, नरेन्द्र श्रेष्ठको नाम तय भएको छ भने समानुपातिक तर्फ ढालबहादुर लामिछाने, रिता रिमाल, डोल्मा थामी, लक्ष्मी थामी, कमला कार्की, निला कुमार श्रेष्ठ, राजेन्द्र नेपाली, शान्ता कार्की र सोमबहादुर तामाङको नाम सिफारिस गरिएको छ ।

आगामी निर्वाचनमा कांग्रेस, माओवादी र अन्य दल गठबन्धन गर्ने भनिएता पनि अहिले सबैले आ-आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुकाे सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार