समाजसेवी तिम्सिना कपन क्याम्पसकाे व्यवस्थापन समितिमा निर्वाचित

  गाैरीशंकर टाइम्स सम्बाददाता  460 पटक हेरिएको

काठमाडौ । युवा नेता तथा समाजसेवी श्याम कुमार तिल्सिना कपन बहुमुखी क्याम्पसकाे व्यवस्थापन समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ । क्याम्पसकाे शनिबार सम्पन्न तेस्रो वार्षिक साधरणसभाले तिम्सिनालाई समितिमा निर्विरोध निर्वाचित गरिएको हाे ।

कपन क्याम्पस सामुदायिक क्षेत्रद्वारा सञ्चालित शैक्षिक क्षेत्रको एक चर्चित क्याम्पस हाे । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त साे क्याम्पसमा हाल +2, स्नातक र स्नातकोत्तर तहकाे पढाइ सञ्चालन हुँदै आएको छ । जसमा बिए, बिबिए, बिएचएम, एमए, एमएड र एमबिबिएसकाे कार्यक्रम सञ्चालनमा रहेको छ ।

क्याम्पसको व्यवस्थापन समितिमा रहेर शिक्षा प्रणालीलाई व्यवहारमुखी बनाई नयाँपन झल्कने काम गरिने तिम्सिनाले बताए । यसअघि तिम्सिनाले बालउद्दार माध्यामिक विद्यालयकाे ब्यबस्थापन समितिमा रहेर शिक्षा र व्यवस्थापकीय क्षेत्रमा काम गरिसक्नु भएको छ ।

तिम्सिनालाई क्याम्पसकाे ब्यबस्थापन समितिका सदस्य पदमा ल्याउदा शिक्षा क्षेत्रमा आमूल परिवर्तनको सम्भावना रहेको क्याम्पस प्रमुखले बताउनु भयो । उनी राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा दक्ष र अब्बल हुनुका साथै कुशल व्यवस्थापनमा रहेर निर्णय गर्न सक्ने क्षमतावान रहेको समेत क्याम्पस प्रमुखले बताए ।

उनलाई राजनीतिक क्षेत्रमा अब्बल एवं स्पष्ट वक्ता एवं लोकप्रिय समाजसेवी युवा नेताको रुपमा चिनिन्छ । तिम्सिनाकाे राजनीतिक पृष्ठभूमिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य एवं शान्ति, शुरक्षा तथा प्रशासन बिभागका संयोजक समेत हुनुहुन्छ ।

त्यसैगरी, तिम्सिना सामाजिक क्षेत्रमा अग्रसर भैई दिनदुखि, पिडित र गरिब समुदायलाई उत्थान र हकहितका लागि धेरै उदाहरणीय काम गर्दै आएको छ । उनलेे विश्वव्यापी रुपमा फैलिएको काेभिड-१९ का कारण लकडाउनमा फसिएका गरिब मजदुरलाई नगद तथा खाद्यान्नकाे राहत वितरण गर्नु भएको थियाे ।

त्यस्तै, उनी स्थानीय तह निर्वाचन २०७४ मा बुढानिलकण्ठ नगरपालिका १० नम्बर वडाको सदस्य पदमा १ हजार २२ लाेकप्रिय मत ल्याई उपविजेता हुनुको थियोे । हाल विकास निर्माण कार्यमा तल्लिन रहेर ओम शान्ति टोल सुधार उपभोक्ता समितिको अध्यक्षमा रहि विकास निर्माण कार्य निरन्तर दिइरहनु भएको छ ।

तिम्सिना अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्था कपन जेसिजकाे कार्यकारी सदस्यबाट पदाधिकारी हुदै, वर्ष २०२२ का कानुनी सल्लाहकार समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार