गुरुङ विद्यार्थीकाे नेतृत्वमा दाेलखाकाे विश्वराज निर्वाचित 

  गाैरीशंकर टाइम्स सम्बाददाता  276 पटक हेरिएको

काठमाडौ । गुरुङ विद्यार्थीकाे साझा संस्था नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय समितिको नेतृत्वमा दाेलखाकाे विश्वराज गुरुङ निर्वाचित भएको छ । संघीय राजधानी काठमाडौमा सम्पन्न भएको सम्मेलनले गुरुङलाई अध्यक्ष पदमा निर्वाचित गरिएको हाे ।

विद्यार्थीकाे भदौ २४ र २५ गते सम्पन्न महाधिवेशनले २९ जना केन्द्रीय सदस्य र १८ जना राष्ट्रिय पार्षद सदस्य सर्वसम्मतिले निर्वाचित गरिएको छ । साे महाधिवेशनले निर्वाचित गरिएकाे कार्यसमिति अर्न्तर्गत बिश्वराज गुरुङ अध्यक्ष, नरेश गुरुङ वरिष्ठ उपाध्यक्ष, सुदन गुरुङ उपाध्यक्ष, पवन गुरुङ महासचिव, बिशाल गुरुङ उपमहासचिव, संजय गुरुङ संगठन सचिव, पर्शुराम गुरुङ (रोहित) कोषाध्यक्ष, युवराज गुरुङ सहकाेषध्यक्ष रहेको छ ।

संगठनकाे विभागहरुमा पाेबिन्द्र गुरुङ भाषा साहित्य तथा संस्कृति प्रमुख र बिष्णुराज गुरुङ अतिरिक्त क्रियाकलाप विभागमा छभने प्रदेश प्रमुखहरूमा सृजना गुरुङ १ नम्बर प्रदेश र प्रकाश गुरुङ लुम्बिनी प्रदेश प्रमुखमा निर्वाचित गरिएको हाे ।

त्यस्तै, केन्द्रीय सदस्यमा चन्द्र बहादुर गुरुङ(झापा), रबिन गुरुङ(संखुवासभा), अञ्जु गुरुङ(काभ्रे), डोल्मा गुरुङ(चितवन), अमृता गुरुङ(मकवानपुर), इना गुरुङ(काठमाण्डौ), लिल बहादुर गुरुङ(काठमाण्डौ) नबिन गुरुङ(नवलपुर), बिशाल गुरुङ(नवलपुर), बिकाश गुरुङ(तनहुँ), एलिना गुरुङ(कास्की), गोबिन्द गुरुङ(स्याङ्जा), सोम गुरुङ (गोरखा), मनोज गुरुङ (गोरखा), सोमिया गुरुङ (नवलपरासी), अनुपम गुरुङ(नवलपरासी) र शन्नि गुरुङ(नवलपरासी) महाधिवेशनले निर्वाचित गरिएको हाे ।

त्यसैगरी, राष्ट्रिय परिषद सदस्यमा भुवन गुरुङ(धनकुटा), दिल कुमारी गुरुङ(भोजपुर), मनिषा गुरुङ(पाँचथर), सुमन गुरुङ(रुपन्देही), निरज गुरुङ(बाँके), उषा गुरुङ(बर्दिया), प्रीति गुरुङ (लमजुङ), पुजा गुरुङ(स्याङ्जा), प्रकाश गुरुङ(गुल्मी), प्रेमा गुरुङ(गोरखा), राज घले(लमजुङ), रितेश गुरुङ(तनहुँ), सफि गुरुङ(काठम्ण्डौ),आशा गुरुङ (शर्मिला)(काठमाण्डौ), बिजय गुरुङ(दोलखा), अमृत गुरुङ(काठमाण्डौ), मनिष गुरुङ(चितवन) रोशन गुरुङ(चितवन) गरि १९ जना महाधिवेशनवाट निर्वाचित गरिएको निर्वाचन मण्डलामा प्रमुख जिएस गुरुङले बताउनु भयो । उनका अनुसार महाधिवेशन शान्तिपूर्ण सम्पन्न भएको वताउनु भयो । निर्वाचन मण्डलका संयाेजक गुरुङ विद्यार्थीकाे पुर्व अध्यक्ष तथा तमु ह्युल छाेंज धीं, गुरूङ राष्ट्रिय परिषद केन्द्रीय सचिव एवं युवा विद्यार्थी बिभाग प्रमुख हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार