भदौ ३१, २०७९, काठमाडौ । नेपाल खेलकुद महासंघले संबिधान दिवसको सन्दर्भमा आयोजना गरिएको पदयात्रालाई व्यवस्थित बनाउन तयारी बैठक सम्पन्न गरेको छ । महासंघकाे शुक्रबार केन्द्रीय कार्यलयमा आयाेजित बैठकले पदयात्रालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्देशन दिदै बैठक सम्पन्न गरेको हाे ।
महासंघको बैठक केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतकाे अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य तथा जनसंगठन समन्वयका उपप्रमुख रचना खड्काकाे प्रमुख सम्पन्न भएको थियोे । साे बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य तथा नेकोसको सह ईन्चार्ज रमेश पौडेल लगायतको उपस्थित रहेको प्रचार बिभाग प्रमुख तथा प्रवक्ता तिर्थ बहादुर खड्काले जानकारी दिनुभयो ।
नेकपा एमालेले २०७९ असोज १ गते शनिबारका लागि आयोजना गरिएका पदयात्रालाई बसन्तपुरमा पार्टी अध्यक्ष केपी शर्मा वलीले सम्बाेधन गर्नुहुने कार्यक्रम रहेको छ । राजधानीको विभिन्न ठाउँबाट पदयात्रा सुरु भैई बसन्तपुर स्थित काेणसभामा परिणत हुने बैठकका प्रमुख अतिथि खड्काले बताउनुभयो ।
त्यसैगरी, बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई मध्येनजर गरि सम्पूर्ण शक्ति ध्यानकेन्द्रीत हुनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीलाई जिताउनकाे लागि व्यक्तिगतभन्दा माथि उठेर भविष्यकाे नेता सम्झि चुनावी क्षेत्रमा खट्न नेकाेसकाे सबै नेतालाई अध्यक्ष बस्नेतले आह्वान गर्नुभयो । साे बैठकमा सहभागी विभिन्न खेलक्षेत्रका पदकधारी तथा पिएचडी हाेल्डरलाई सम्मान समेत गरेका थिए ।