एमालेले टुंगो लगाए समानुपातिक तर्फकाे उम्मेदवार

  गाैरीशंकर टाइम्स सम्बाददाता  271 पटक हेरिएको

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सचिवालयको आइतबार बसेको १२औं बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश हुने समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोटमा शनिबार र आइतबार दई दिन बसेको बैठकले सातवटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनहरुले सिफारिस गरेका नामावलीमा गहन छलफल गरेको थियो।

छलफलबाट प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना समानुपातिकतर्फका उम्मेदवारको निर्णय गरेको हो।

बैठकले प्रतिनिधि र प्रदेशसभा दुबै तहको उम्मेदवार टुंगो लगाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार