निर्वाचन आयाेगले बुधबारदेखि आचारसंहिता लागू गरिदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  162 पटक हेरिएको

काठमाडाै । निर्वाचन आयाेगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू गरिने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता बुधबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको हाे।

आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख गरिएकाेछ।

राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख गरिएकाे छ । आयाेगले एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एकै दिन एकै समयमा कुनै एक स्थानमा कार्यक्रम वा सभा नगर्न समेत ध्यानकर्षण गराएकाे छ।

प्रचार प्रसारको समयमा १२ घन्टाका लागि तोकिएको छ। बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्नुपर्ने आचारसंहितामा भनिएको छ। निर्वाचनको प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ।

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ।

त्यस्ते कसेको भावनामा ठेस पुग्ने किसिमका प्रचार प्रसार गर्न पाइने छैन भने धर्मका नाममा पनि कुनै प्रचार गर्न पाइने छैन। निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर वा नगर जिन्सी वितरणसमेत गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार