काठमाडाै । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गरेको हो।
स्ट्राइकर अन्जन विष्टको ह्याट्रिकले नेपाल विजय भएकाे हाे । नेपालका लागि अन्जले पहिलो गोल १८ मिनेटमा गरेका थिए। उनले दोस्रो गोल २७ मिनेटमा र ३८ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए। अन्जन मोस्ट भ्यालुएबल प्लेयर समेत घोषित भए ।
खेलको ५५औं मिनेटमा बंगलादेशका लागि सजाद होसेनले सन्तावना गोल गरे। नेपालले फिफा इन्टरनेसनल विन्डोअन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो ।