रवीन्द्र मिश्र विवेकशील साझा पार्टी त्याग्दै बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

  गाैरीशंकर टाइम्स सम्बाददाता  167 पटक हेरिएको

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

मिश्रले राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेकाे थियाे । उनले राप्रपामा एकताका लागि सहअध्यक्षको दाबी गर्दै आएका थिए । हाल राप्रपामा मिश्र सहित ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका विधानमा ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार