दोलखा । निर्वाचन कार्यलयले आगामी मंसिरमा सम्पन्न हुनगइरहेको निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । निर्वाचन कार्यलयले जिल्लाको साविक मतदान स्थललाई अध्यावधि गरी नयाँ विवरण सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यलय दोलखाले आइतवार सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा कुल १ सय ९५ मतदान केन्द्र र १ लाख ६१ हजार ४ सय ५० मतदाता संख्या सार्वजनिक गरेको छ । निर्वाचन कार्यलयले स्थानीय तहको निर्वाचनपछिको अध्यवधिक विवरण सार्वजनिक गरेको हो ।
स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र १ सय ९३ र १ लाख ६० हजार ९६ मतदाता संख्या रहेको थियो । पछिल्लो पटक प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई वटा मतदान केन्द्र र १ हजार ३ सय ९४ मतदाता थप भएको निर्वाचन कार्यलय दाेलखाले जनकारी दिएको छ । सरकारले दुबै तहको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गरिदैछ ।