काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई पक्राउ गरिएको हाे ।
प्रकाउ गरेपछि सन्दिपले आरोप प्रमाणित नभएकाेले हातमा हत्कडी नलगाउन प्रहरी सामु बिन्ती गरेपनि प्रहरीले साे विन्ती अस्वीकार गरेकाे थियाे । हत्कडी लगाएकाे ठाँउमा उनले सेताे रूमालले ढाकेका थिए ।
सन्दिपलाई गाैशला प्रहरी वृत्तमा भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । प्रहरीमा उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए । प्रहरीले उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।