भाइटिकाकाे उत्तम साइत ११ बजेर ३७ मिनेटमा, दिनभरिनै टिका लगाउन कुनै बाधाँ नरहेकाे


काठमाडाै । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन विहिवार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरिदैछ। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेट जादाँ टिका लगाउने समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्षले बताए । उनका अनुसार आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार