आज सुर्यलाइ पुजा गरी देशव्यापी छठपर्व मनाउदै

  गाैरीशंकर टाइम्स सम्बाददाता  144 पटक हेरिएको

काठमाडाै । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइ मनाइदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।

नेपालमा छठपर्व तराइ क्षेत्रमा मात्र मनाइने गरिन्थ्याे, अहिले याे पर्व देशव्यापी रूपमा मनाइन्छ । सरकारले राष्ट्रिय पर्वकाे रूपमा घाेषणा गरी सार्वजनिक विदा समेत दिइने गरिन्छ । छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायतका नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार