काठमाडाै । कतारले सबैलाई चकित पार्दै विश्वकप २०२२ आयोजना गरि खेलजगतकाे इतिहासमा पहिलाे रेकर्ड राख्ने प्रायस गरिदैछ । विश्व कपबारे विभिन्न् दृष्टिकाेणबाट टिकाटिप्पनी र विराेध भएतापनि कतारले आगामी नोभेम्बर २० बाट विश्वकप खेलकाे यात्रा सुरु गरिन लागिएकाे हाे ।
कतारले आयाेजना गरिन लागेकाे फिफा वल्ड कप २०२२ मा सहभागी हुन विश्वभरीबाट ३२ वटा राष्ट्रले भाग लिदैछ । कतारले नाेभेम्बर २० बाट सुरू हुने खेल प्रशिद्व सहरकाे आठवटा मैदानमा खेल खेलाउने तयारी गरेकाेछ । विश्वकपका लागि सम्पूर्ण तयारी पुरा भएकाे समेत आयाेजक राष्ट्र कतारले पत्रकार सम्मेलन मार्फत जानकारी दिइ सकेकाे छ ।
आयाेजकले खेल सञ्चालनकाे लागि समयतालिका र खेल समुहसमेत सार्वजनिक गरिसकेकाेछ । सार्वजनिक गरेकाे खेल तालिका अनुसार सहभागी राष्ट्रहरूलाइ आठ समुहमा विभाजन गरी खेल सञ्चालन गरिने र अन्तिम फाइनल खेल भने राजधानी दाेहामै समापन गरिने सुचना प्रकाशित गरेकाेछ ।
त्यसैगरी, नेपालमा विश्व कप फुटबलको प्रत्याक्ष प्रशारणका लागि मिडिया हबले आधिकारिक स्विकृति लिएकाेछ । विश्वकप खेल हिमालयन टेलिभिजन एचडी मार्फत प्रत्यक्ष प्रशारण हुने मिडिया हबले जानकारी दिएकाेछ ।